जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०७:५९

एनपीएलमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित


काठमाडौं, कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जारी सिजनमा पहिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।

वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले दुई विकेट गुमाएर १०५ रन बनाएको थियो। विराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रनको योगदान दिए।

सुदूरपश्चिमका बलर अविनाश बोहोराले दुई विकेट लिए।

जारी प्रतियोगितामा तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो। तीन खेल खेलेको सुदूरपश्चिमले भने दोस्रो हार बेहोरेको छ।