जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार २०:०९

सडक डिभिजन लहानका प्रमुखसहित तीन जना पक्राउ


सिरहा, १८ पुस । सिरहाको लहानस्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुखसहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सडक डिभिजन कार्यालयको निजी क्वाटरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

अख्तियारले कार्यालय प्रमुख बिनोद साह, इञ्जिनियर नविन साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नविन साहको निवासमा छापा हानेको हो । उनीहरुमाथि अहिलेपनि कार्यालय र क्वाटरमा अनुसन्धान भइरहेको बुझिएको छ ।