जनता टाइम्स

१९ पुष २०७६, शनिबार १६:१३

फेरिदैछ विमानस्थलको मुहार : अव जहाजबाट नेपाल उत्रिने वित्तिकै बुद्धको दर्शन


काठमाडौं, पुष १९

नेपाल पर्यटन वर्ष २०२० शुरुवातसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुपलाई परिवर्तन गरिदै लगिएको छ । बुटिक विमानस्थलमा रुपान्तरण गर्न विभिन्न काम भइरहेका बेला आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको शनिवार विहान अनावरण गर्नुभयो । करिब एक टन तौलको भएको प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागमा कलात्मक मूीर्त र काष्ठकलाका सामाग्री राखेर सजाइँदैछ ।