जनता टाइम्स

२१ पुष २०७६, सोमबार १५:४८

बुद्ध र मेलिनाको ‘जबसम्म सास’ मा अभिषेक ओली र एलिनाको अभिनय (भिडियोसहित)


काठमाडौं, पुस २१

चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको ‘जब सम्म सास छ’ गित सार्वजनिक भएको छ । गितमा नव मोडल अभिषेक ओली र एलिना देउजाले अभिनय गर्नुभएको छ । पछिल्लो समय गित संगीतमा आफुलाई निर्देशकको रुपमा चिनाउन सफल निर्देशक अशोक बिकले निर्देशन गरेको अंग्रेजी नँया वर्षको उपहार ‘जब सम्म सास छ’ बजारमा आएको हो ।

गायिका राई र मोक्तानको स्वर रहेको म्युजिक भिडियोलाई नयाँ वर्ष २०२० को अवसर पारेर बजारमा ल्याईएको हो । दिपक राज विश्वकर्माको संगीत रहेको गितमा सञ्चारकर्मी सुरज पौडेलको शब्द रहेको छ। रबिन बिकले सम्पादन गरेको भिडियोमा ओली र देउजाको अभिनयलाई दर्शकले भरपूर मनोरंजन लिएको प्रतिक्रिया आएको छ । भिडियोमा चर्चित मोडल एलिनासँग अभिषेक रोमान्स गर्दै देखा पर्नुभएको छ ।