मन्दिरा थापा/दोलखा । स्वदेशी लगानीमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य समस्याको रुपमा रहेको माथिल्लो ठाडो सुरुङमा ८२ मिटर र तल्लो ठाडो सुरुङमा १ सय ९० मिटर पाइप जडानको काम सम्पन्न भएको छ ।
हाइड्रो मेकानिकलको ठेक्का पाएको कम्पनी टेक्स्म्याकोले माथिल्लो भर्टिकल साप्टको ३ सय १० मिटर पाइपमध्ये हालसम्म ८२ मिटर पाइप मात्र जडान गरेको छ भने तल्लो भर्टिकल साप्टमा जडान गर्ने जिम्मा पाएको अष्ट्रियन कम्पनी एन्ड्रिजले ३ सय ७३ मिटर मध्ये १ सय ९० मिटर पाइप जडान गरेको हो । पेनस्टक पाइप आपुर्ति तथा जडानको ठेक्का पाएको लट २ को भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गर्दा आयोजनाको लागत र सय अवधि लम्बिदै गएको छ ।
गत असार १ गतेदेखि तल्लो र असार ९ गतेदेखि माथिल्लो भर्टिकलमा पेनस्टक पाइप जडानको काम सुरु भएको थियो । तर ६ महिना वितिसक्दा पनि सन्तोषजनक काम नभएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेको भनाई छ । लट २ को भारतीय कम्पनी टेक्स्म्याकोले पेनस्टक पाइप जडानको काममा ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम लट ३ को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिएको थियो ।
भुकम्प, नाकाबन्दी, विग्रदो सडक अवस्था, डलरमा आएको उत्तारचढावसंगै अहिले भारतीय ठेकेदार कम्पनीले गरेको कामको ढिलाईको कारण ३५ अर्बबाट आयोजनाको लागत बढेर ४९ अर्ब पुग्ने अनुमान गरिएको छ
एन्ड्रिजको काम सन्तोषजनक भएपनि टेक्स्म्याकोको काम भने सुस्त रहेको प्रवक्ता न्यौपानले बताउनुभयो । भुकम्प, नाकाबन्दी, विग्रदो सडक अवस्था, डलरमा आएको उत्तारचढावसंगै अहिले भारतीय ठेकेदार कम्पनीले गरेको कामको ढिलाईको कारण ३५ अर्बबाट आयोजनाको लागत बढेर ४९ अर्ब पुग्ने अनुमान गरिएको छ । ९९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले असार मसान्तसम्ममा ६ युनिटमध्ये १ युनिटबाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्