जनता टाइम्स

३० बैशाख २०७६, सोमबार २१:२२

नेपाल र कम्बोडियाबीच लगानी र व्यापार सम्झौता


काठमाडौं

नेपाल र कम्बोडियाविच दुई महत्वपूर्ण समझदारीमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिनको औपचारिक भ्रमणको पहिलो दिन नै दुई समझदारीमा हस्ताक्षर भएको हो ।

दुईदेशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा आयोजित विशेष समारोहका बीच व्यापार र लगानीसम्बन्धी सम्झौता एंवम नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच द्विपक्षीय सहयोग समझदारीमा हस्ताक्षर भएको छ । भ्रमणले दुई देशको मित्रतालाई अझ बलियो बनाउने र आर्थिक, व्यापार, पर्यटन र सांस्कृतिक सहयोगलाई थप मजबुत बनाउने दुवै पक्षले जनाएका छन् ।

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेकोको उपस्थितिमा हस्ताक्षर भएको छ । भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली सोमबार कम्बोडिया पुगेका हुन् । भियतनाम भ्रमणका बेला दुई देशबीच विभिन्न सम्झौता भएको थियो ।