जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १५:४९

प्रदेश–३ राजधानीबारे सञ्चारमन्त्री बाँस्कोटाले खोले मुख


काठमाडौं, पुस २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश ३ को स्थायी राजधानी बिवादको बिषयमा जवाफ दिने वा बहश गर्ने काम आफ्नो नभएको बताउनु भएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्न्को जवाफमा मन्त्री बाँस्कोटाले यस्तो धारणा राख्नुभएको हो ।

‘एकदम अप्ठ्यारो प्रश्न सोध्नुभयो । यस्को जवाफ दिन मलाई गाह्रो पर्यो । तीन नम्बर प्रदेशको राजधानी मैले जवाफ दिनुपर्छ र ? यो मेरो बिषय होइन । यो तीन नम्बर प्रदेशतिरै सोध्नुपर्ने कुरा होला । केन्द्र सरकारले हस्तक्षेप गरेको छैन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले पार्टीले गर्ने निर्णयको बिषयमा आफूले केही भन्न नसक्ने पनि बताउनु भयो । ‘पार्टीले त के के गर्छ गर्छ नि, यो देशमा दलीय ब्यवस्था छ, के के गर्छ गर्छ ? पार्टीले भोलि मलाई हट भन्यो भने हटनु पर्छ । पर्सि बस भन्यो भने बस्नुपर्छ । प्रदेश राजधानीको बिषयमा मलाई जानकारी पनि छैन, कानूनमा के छ, सरी त्यसका निम्ति,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।