जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १९:४८

अर्थमन्त्री खतिवडाको घोषणा : अब कर बढ्दैन


काठमाडौं, पुस २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री खतिवडाका अनुसार अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुनेछ । स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै अर्थमन्त्री खतिवडाले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने बताउनु भयो । स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने अर्थमन्त्री खतिवडाको सुझाव रहेको छ ।

समिटको अन्तिम सत्रमा ‘नेपाली अर्थतन्त्र ः आजको अवस्था र भोलिको दिशा’ शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा छलफल भइरहेको छ । सो सत्रमा अर्थमन्त्री युवराज खतिवडा, पूर्वअर्थमन्त्रीहरू रामशरण महत र प्रकाशचन्द्र लोहनी तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहभागी हुनुहुन्छ ।