जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १७:०१

सरकारी एक्सन लगत्तै कांग्रेस नेताले तिरे उखु किसानको १२ करोड रुपैयाँ


काठमाडौं, पुष २५

सरकारले उखु किसानको बक्यौता रकम नतिरे कारवाही गर्ने चेतावनीपछि कांग्रेसका नेताले किसानको १२ करोड रुपैयाँ तिरेको जनाएका छन् ।

कांग्रेसका पार्टीका प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी मिल सञ्‍चालक विरेन्द्र कनौडियले उखु किसानको १२ करोड रुपैयाँ भुक्तान गरेको बताउनुभयो ।

महालक्ष्मी उखु मिलका सञ्‍चालक कनौडियाले उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका हुन् । नेता कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बैक खातामा जम्मा गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि जानकारी दिनुभयो । उहाकाका अनुसार बाँकी रहेको ६ करोड रुपैयाँ यथाशीघ्र चुक्ता गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।