जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०६:३१

उपसभामुख शिवमायाको अडान : ममाथि राजनीतिक हिंसा भयो, सभामुख नबनाए महाअभियोग लगाउनुस


काठमाडौं, पुस २६ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख नबनाए महाअभियोग लगाएर हटाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई चुनौती दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा उपभासमुख तुम्बाहाम्फेले यस्तो चुनौती दिनुभएको हो । भैंसेपाटीस्थित नेकपा नेता बामदेव गौतमको घरमा बसेर आफूलाई आरोपित गरेको भन्दै उपसभामुख तुम्बाहाम्फेले सो चुनौती दिनुभएको हो ।

‘भैंसेपाटीको बैठकमा ६ जना उपसभामुख बाधक हो भन्दै बसेर छलफल गर्नुभएछ । प्रवक्ता र प्रमुख सचेतकले रेडियो र पत्रिकामा यस्तै आरोप लगाउनुभएको छ । यो ममाथिको राजनीतिक हिंसा हो । म पनि भण्डाफोर गरौं ? जनतालाई भनौं ? तपाईंहरु के के गर्दै हुनुहुन्छ जनतालाई बताऊँ ?’ स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डसँग उपसभामुखको भनाई थियो ।

उहाँले पार्टीले उपसभामुखलाई राजीनामा गराउने भनेर गरेको निर्णय देखाउन चुनौती दिनुभएको छ । संविधान र कानुन बमोजिम आफू चल्ने भन्दै उपसभामुख तुम्बाहाम्फेले अब पार्टी निर्णय पर्खेर संसदलाई बन्धक नबनाउनेसमेत जानकारीसमेत दिनुभयो ।

सो क्रममा उहाँले अध्यक्षद्वयलाई तीन बिकल्प सुझाउनु भएको छ । मलाई सभामुख उम्मेदवार बनाउने निर्णय गर्नुुस्, राजीनामा दिन्छु, पहिलो बिकल्प सुनाउँदै तुम्बाहाम्mेले नेताद्वयलाई भन्नुभयो । उम्मेदवार नबनाएर उपसभामुखकै हैसियतमा सभामुख निर्वाचन थाल्ने बताउनु भएको छ । यो बिकल्पमा जाँदा नेकपाले सभामुख गुमाउछ । यी दुवै काम मान्य नभए संविधानअनुसार आफूलाई महाअभियोग ल्याएर हटाउन उपसभामुखको सुभलाव छ ।