जनता टाइम्स

२६ पुष २०७६, शनिबार १८:३६

राजिनामा दिन्न, भोलीको संसद मै संचालन गर्छु – उपसभामुख तुम्बाहाम्फे


काठमाडौं, पुष २६

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने निर्णयका बारेमा आफुलाई थाहा नभएको बताउनु भएको छ । उहाले भोलीको संसदको बैठक आफैले संचालन गर्ने र राजिनामा नदिने घोषण समेत गर्नुभएको छ । नेताहरुसँग आफ्नो कुराकानी बाँकी नै रहेकाले तत्काल राजिनामा नदिने बताउनु भयो ।

नेकपाले उपसभामुखबाट तपाईंलाई राजीनामा गराउने भन्ने निर्णय गरेछ, तपाईंलाई जानकारी भयो ?

थाहा छैन मलाई। यस्तो निर्णय गर्नुभएछ ! ठीक छ, राम्रो हो।

अब नेकपाले सभामुख पाउने बाटो खुल्यो ?

बाटो त उहिल्यैदेखि खुलेकै छ नि ! बन्द कहाँ छ त ? नेकपाले निकास निकालेन । अनि बाहिर अनेकथरी चर्चा मात्रै भए।

पार्टीको निर्णय आइसक्यो, अब तपाईंको राजीनामा आउँछ त ?

भोलि म संसद बैठक चलाइदिन्छु।

भोलि बैठक चलाएर राजीनामा दिनुहुन्छ ?

त्यसपछाडि नेताहरूसँग कुरा गर्न बाँकी नै छ।

तपाईंको व्यक्तिगत कुरा गर्न बाँकी रह्यो ?

मेरो कुरा त छँदैछ नि !

नेकपा सचिवालयले निर्णय गर्नुपहिले तपाईंसँग छलफल भएको थियो ?

छैन छैन।

पार्टीले निर्णय गरेपछि भोलिको बैठक अगाडि नै राजीनामा दिने सम्भावना रहेन ?

दिन्न। भोलि बैठक चलाइदिन्छु। राजीनामा दिन्न।

त्यसोभए सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनुहुन्छ ?

बढाउँछु। (कान्तिपुर)