जनता टाइम्स

२७ पुष २०७६, आईतवार १०:०७

कन्चटमा गोली हानी प्रहरी हबल्दारले गरे आत्महत्या


जाजरकोट,  पुस  २७  । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो ।