जनता टाइम्स

२७ पुष २०७६, आईतवार १२:३७

प्रतिनिधिसभा बैठक फेरि स्थगित: आउँदो माघ ६ गतेसम्मका लागि स्थगित


 

काठमाडौं, पुस २७  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आज सुचना टाँस गरे स्थगित गरिएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी हुनुहुन्छ । छलफल जारी रहेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उहाले अस्वीकार गर्दै आउनुभएको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो ।