जनता टाइम्स

२७ पुष २०७६, आईतवार १५:२३

ओली सरकारले थाल्यो नवलपरासीमा फलाम उत्खननको काम : सञ्चालनको मोडालिटी पनि तयार


काठमाडौं, पुस २८ । नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज पत्रकार सम्मेलन गरी परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताउनुभयो । सचिव खतिवडाका अनुसार फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरिएको छ भने गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ ।

डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको खतिवडाले जानकारी दिनुभयो । ‘अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उहाँले भन्नुभयो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज पत्रकार सम्मेलन गरी परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ । आगामी चार महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यावसायिक रुपमा थाहा हुने खतिवडाको भनाई छ । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयले जनाएको छ ।