जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार ०९:०२

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी पोखरेललाई


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल तोकिनु भएको छ । यसअघिका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीको महानगरीय प्रहरी परिसरमा सरुवा भएपछि हालै डीआजीमा बढुवा हुनु भएका पोखरेलले यो जिम्मेवारी पाउनु भएको हो ।

‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा तोकिएको छ’, प्रहरी प्रधान कार्यालयले सोमबार जारी गरेको विज्ञप्तीमा भनेको छ। उहालाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने पनि प्रधान कार्यालयले जानकारी दिएको छ । २७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिनु भएको थियो । लगत्तै, उहालाई प्रवक्ता तोकिएको हो । एसएसपी हुँदा उहाले काठमाडौं प्रहरी परिसर, टेकुको सफल नेतृत्व गरिसक्नु भएको छ ।