जनता टाइम्स

२८ पुष २०७६, सोमबार १०:२२

सेक्स र्‍याकेट चलाउँदै गर्दा नायिका पाँचतारे होटलबाट पक्राउ


एजेन्सी । बिग बोस प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक फेरि चर्चामा आएकी छन् । मुम्बई प्रहरीले अमृतालाई गारेगाउँको एक होटलबाट पक्राउ गरेको छ । उनलाई मुम्बईको फाइभ स्टार होटलबाट पक्राउ गरेको हो । अमृतासँगै अर्की नायिका ऋचा सिंहलाई पनि पक्राउ गरेको छ । प्रहरीले नक्कली ग्राहक बनेर सेक्स र्‍याकेट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौनधन्दामा संलग्न भएको बताएको छ । उनीहरूमाथि आईपीसीको धारा ३७० (३) ३४ र ४,५ (अनैतिक तस्करी रोकथाम) अन्तर्गत गिरफ्तार गरिएको हो ।

प्रहरीले यौन धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको बताएको छ । प्रहरीले छापा मारेको पत्ता पाएपछि अमृताले भाग्ने कोसिस गरेको तर तत्काल पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

अमृता बिग बोसका प्रतियोगीसमेत रहेका अरहान खानकी पूर्वप्रेमिका हुन् । अमृता धनोआले अरहान खानमाथि धोखा दिएको र ठगेको आरोप लगाएकी थिइन् । उनले अरहानविरुद्ध प्रहरीमा उजुरीसमेत गरेकी थिइन् ।