जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार ०९:३४

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीविच भेट, लगानी र एयर कनेक्टिविटी कायम गर्न दुवै पक्ष सहमत


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच भेटवार्ता भएको छ । राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भएको भेटवार्तामा आपसी सम्वन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । छलफलले दुई देशको सम्बन्ध र सहयोगमा नया अध्याय शुरु भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री हुन सेनाले लगानी, पर्यटन र संस्कृति क्षेत्रमा दुवै पक्षले सहयोग बढाउनुपर्नेमा जोड दिनुभएको थियो । विशेष गरी पारस्परिक हितका साथ कृषि क्षेत्रमा सहयोगको सुदृढीकरणका साथै दुवै देशबीचमा एयर कनेक्टिविटी स्थापना गर्नुपर्ने बताउनु भयो । उहाले भविष्यमा दुवै देशका बौद्धिक क्षेत्रका व्यक्ति र विद्यार्थीहरूविच विभिन्न कार्यक्रम मार्फत आदानप्रदान गरिनुपर्ने उल्लेख गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि सकरात्मक संकेत दिदै सबै स्तर र सबै क्षेत्रहरूमा द्विपक्षीय सहयोगको विस्तार देख्न आफुले पनि चाहेको उल्लेख गर्नुभयो । भेटमा दुवै पक्ष एक अर्कोको देशमा कन्सुलर राख्न पनि सहमति नजिक पुगेका छन् । नेपाल र कम्बोडियामा एक अर्काको दुतावास नभएकाले कन्सुलर खोल्न प्रधानमन्त्री ओलीले प्रस्ताव राख्नु भएको छ । भेटपछि दुई सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।