जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ११:५५

अर्थमन्त्री खतिवडाद्वारा तीन आयोजनाको एकै दिन निरिक्षण, स्रोतको अभाव हुन नदिने घोषणा


काठमाडौं, पुष २९

अर्थमन्त्री डा. युवराज खतिवडाले एकैदिन तीन ठुला आयोजनाको निरिक्षण गर्नुभएको छ । उहाले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने घोषणा समेत गर्नुभएको छ ।

बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषामा रेलमार्ग निर्माणाधीन छ ।

सो अवसरमा उहाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । परियोजनाको स्थलगत अनुगमनमा पुग्नु भएका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताउनु भयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उहाले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने प्रतिवद्धता दोहो¥याउनु भयो ।