जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १२:१५

पैसा कमाउने निँहुमा सार्वजनिक बसमा अश्लिल हर्कतसहित भिडियो बनाउदा…


काठमाडौं, पुष २९

एक वर्षअघि सार्वजनिक बसमा युवतिलाई लक्षित गर्दै अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले नियन्त्रणमा चितवनबाटै नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएर राति नै काठमाडौं ल्याएको थियो ।

सार्कीको च्याटहरु अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले पत्रकार सम्मेलनमा बताउनु भयो । काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको छ । ‘उक्त भिडिओ अश्लील साइटमा राखेर पैसा आउँछ भन्ने सोचका साथ उनले यस्तो हर्कत गरेको देखियो’, थापाले भन्नुभयो ।

सार्कीले उक्त भिडिओ साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए । उक्त भिडिओ भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले बताएको छ । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।

पक्राउ परेका ब्यक्तिको विवरण:-

नामथर:- रबिन सार्की भन्ने रबिन रुचाल
उमेर:- २१ वर्ष
ठेगाना:- जिल्ला तनहुँ अरुणोदय गा.बि.स. वडा नं. १
हाल:- जिल्ला चितवन भरतपुर उ.म.न.पा. बिकासचोक

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
१.रविन सार्की भन्ने रबिन रुचाल करिव ३ बर्ष अगाडी देखी काजि. बानेश्वरमा डेरा गरी रिक्सा चलाउने काम गरी बस्दै आएको ।
२.सामाजिक संजालमा करिव एक बर्ष अगाडी सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेको ।
३.अश्लिल भिडियो सामाजिक संजालमा भाईरल भएपछी निजलाई सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमै गालीगलौज गरेपछी काठमाण्डौंबाट २०१९ फेब्रुवरीमा भागी भारतको दिल्ली तर्फ गएको ।
४.निज काठमाण्डौंबाट भागी भारतको दिल्लीमा करिब ३ महिना मोमो फ्याक्ट्रिमा काम गरेको ।
५.त्यसपछी निज दिल्लीबाट कास्मिर गई करिव ४ महिना बसेको ।
६.करिव २/३ महिना अगाडी भारतको दिल्लीबाट पुन: चितवन स्थित आफ्नै घरमा आई बसेको ।
७.प्राविधिक अनुसन्धानबाट घटनासंग सम्बधित च्याट, फेसबुकमा पोष्ट र म्यासेज समेत गरेको पाईएको ।
८.निजले बिभिन्न ग्रुपहरु बनाई यस्ता अश्लिल भिडियोहरु अपलोड गरी viewer को आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको ।
९.निजले घटना बारे उल्लेख गरी सामाजिक संजालमा माफी समेत मागेको ।