जनता टाइम्स

१ माघ २०७६, बुधबार १५:५५

फिल्डमै अर्थमन्त्री खतिवडा : निजगढ बिमानस्थलदेखि फाष्ट ट्रयाक र रेल्वे स्टेशनसम्म निरीक्षण (फोटोफिचर)


काठमाडौं, माघ १ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढमा निर्माणाधीन विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको स्थलगत अनुगमन गर्नुभएको छ । सरकारको उच्च प्राथमिकतामा रहेको यी तीन आयोजनाको अर्थमन्त्री खतिवडाले स्थलगत निरीक्षण गर्नुभएको हो ।  अर्थमन्त्री खतिवडाले धनुषा पुगेर रेलवे स्टेशनको समेत निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि अर्थमन्त्री खतिवडाले यी तीन वटै आयोजनामा सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।