जनता टाइम्स

२ माघ २०७६, बिहीबार ०९:४८

पशुपति क्षेत्रमा राखिएका पसलले धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश


काठमाडौं, माघ २ ।  पशुपति क्षेत्रका विभिन्न ठाउँमा स्वीकृतिबिना राखिएका पूजा सामग्रीलगायतका पसल हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर एक हप्ताभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल हटाउन निर्देशन दिएको छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको कोषले जनाएको छ । पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिए पनि झण्डै दुई सय पसल टहरामा सञ्चालन गरिएको छ । जसले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असजिलो भएको कोषले जनाएको छ ।