काठमाडौं, गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएपछि उनलाई पक्राउ गर्न लागिएको हो। बिहिबार राउतले विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्। तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले राउतले समाजिक संजालमा आफ्नो प्रतिष्ठामाथि आँच आउने कुरा बोलेको भन्दै उजुरी दिएकी थिइन्।
विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो। महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए। उनले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउने बताए। महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि राउतलाई आइतवार नै नियन्त्रणमा लिने तयारी गरिएको छ।
आज जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ। राउत भने कार्यक्रमका लागि भारतको सिक्किम पुगेकी छिन्। उनी आजनै नेपाल फर्कने छिन्।
प्रतिक्रिया दिनुहोस्