जनता टाइम्स

५ माघ २०७६, आईतवार १७:५४

वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजिनामा


काठमाडौं, माघ ५

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनु भएको छ । खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आज मन्त्रालयमा भेटेर राजीनामा बुझाउनु भएको हो ।

निगमको बढ्दो घाटा, हालसालै किनिएका वाइडबडी विमानका लागि उपयुक्त गन्तव्य खोज्न नसक्नु लगायतका कारणले अध्यक्ष खरेलमाथि दबाब थियो । निगमले जापानको ओशाका उडान शुरू गरेपनि निरन्तर घाटामा उडिरहेको अवस्था छ ।