जनता टाइम्स

६ माघ २०७६, सोमबार १४:५५

उपसभामुख शिवमायाको त्यो भावुक संबोधन (पूर्णपाठ)


काठमाडौं, माघ ६ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पद त्याग गर्नुअघि प्रतिनिधिसभाको बैठक सञ्चालन गर्दै पाँच मिनेट २१ सेकेण्ड सम्बोधन गर्नुभयो । पदबाट राजीनामा दिनुअघि गर्नुभएको त्यो अन्तिम सम्बोधन निकै मार्मिक र भावुक थियो । जस्ले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय संसदको प्रतिनिधिसभाका सवै सदस्यलाई भावुक बनायो । तुम्बाहाम्फेले सभामुखको दावा पेश गरिरहँदा आफुमाथि आएको आरोप र समर्थनको बिषयमा पनि निकै सटिक टिप्पणी गर्नुभयो ।

यस्तो छ तुम्बाहाम्फेको संबोधन

एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण बिगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपुर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुखबिहिन हुँदा उत्पन्न भएका जटिलता र यस्ले सिर्जना गरेका समस्याका बारेमा पनि हामी जानकार नै छौं । यस्तो स्थिति अव कायम रहनुहुँदैन, यस्ले छिटै उपयुक्त निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटक–पटक समन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ । अन्यौलपुर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वबिहिन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोश आधार सिर्जना भएपछि आफूले मार्गप्रश्स्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु ।

समावेसी लोकतन्त्र हाम्रो संबैधानिक ब्यवस्थामा महत्वपुर्ण बिशेषताका रुपमा रहेको छ । संबिधानको यो मर्म अक्षर या बचनबाट होइन, हाम्रा अभ्याश र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाइ लाग्छ । राज्यका उच्च ओहदाहरुमा समाजका सवै अंगहरुको प्रतिबिम्ब झल्किन सके मात्रै बास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संबिधान निर्माणमा अगुवाई गर्नुहुने राजनीतिक दल र नेतृत्व बर्ग सहमत हुनुहुन्छ भन्ने मैले बिश्वास लिएको छु । यसै बिश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेको हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन भन्ने कुरा म दृढ छु । यस सम्बन्धी बिभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालेकी छु । समयले यसबारेमा बष्तुनिष्ठ मुल्यांकन गर्ने नै छ भन्ने मेरो बिश्वास छ ।

लोकतन्त्र र खुल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुष्म निगरानीमा रहेका हुन्छन । तिनको औचित्य परीक्षा पनि समयको कसीमा घोटिएर भए झै हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामन्जस्यता हुनुपर्नै कुरा सवै सम्बन्धित पक्षले ध्यान पुर्याउनु पर्छ भन्ने मलाइ लाग्छ । दलबाट सिफारिश या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संबैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित ब्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहदामा रहदा ऊ दलको निर्देशनमा होइन, संबिधान र कानूनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशिल हुन्छ । मैले पनि यसैअनुसार इमान्दारीका साथ कर्तब्य पूरा गर्ने प्रयाश गरेकी छु । तर कसैले पनि अफ्ना जराहरु बिर्सनु हुन्न, धरातल भुल्न हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्न हुँदैन भन्ने कुरामा पनि म सचेत छु । बिभिन्न पक्षहरुका बीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मैले सुस्म अध्ययन गरिरहेको छु । प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था, हाम्रो प्रचलित संबैधानिक र कानूनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नू आवश्इक भएको छ । यसैअनुसार मैले मार्गप्रश्स्त गर्ने निश्कर्षमा पुगेको ब्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

उपसभामुखको रुपमा बिगत झण्डै दुई बर्ष माननीय सदस्यहरुसँग बिताउन पाएको अवधी मेरो जीवनमा अविष्मरणीय र सुखद अवधीका रुपमा स्मृतिमा रहने छ । एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभुमीबाट आएको म जस्तो ब्यक्तिले जनताको सार्वभौम अधिकार अभ्याश गर्ने यस सर्वाेच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपुर्ण अवसर ठानेको छु । यसको श्रेय हाम्रो हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ । समावेसी लोकतन्त्रका माध्यमबाट न्यायपुर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अबिचलित र बिश्रान्तरुपमा क्रियाशील भइरहने छु । मलाई कर्तब्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीइ सदस्यहरु र संसद सचिालयका कर्मचारीहरुलाइृ धन्यवाद दिन चाहन्छु । धन्यवाद !