जनता टाइम्स

७ माघ २०७६, मंगलवार ०७:४६

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यस्तो छ आगामी तीन दिनको मौसम


काठमाडौं, माघ ७ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको तथा अन्य भूभागमा आंशिक बदली रहेको छ । आगामी २४ घण्टामा उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने एवं देशका अधिकांश भूभागमा सामान्य बदली रहने महाशाखाको भनाई छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । आज राति अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । यस्तै बुधबार दिउँसो र राति मौसम सामान्यतया सफा रही तराईका भूभागमा हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा हुस्सुरकुहिरो लाग्ने छ । त्यस्तै बिहीबार राति पूर्वी भूभागमा आंसिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।