जनता टाइम्स

७ माघ २०७६, मंगलवार १२:४२

प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी मोदीको अठोट : नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक हुनेछ


काठमाडौं, माघ ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षमा नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने अठोट गर्नुभएको छ । जोगवनी–विराटनगर इन्टीग्रेट चेकपोष्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त रुपमा उदघाटनपछि सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो अठोट गर्नुभएको हो । ‘नयाँ वर्षमा तपाईको सहयोग र समर्थनले हामी आफ्नो सम्बन्धलाई अरु नयाँ उचाईमा लैजाउ,’ भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो । उहाँले यो नयाँ दशक नेपाल–भारत सम्बन्धोको स्वर्णिम दशक रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल–भारतको सहयोग अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएका छन । मोदीले बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तर गरिने प्रतिवद्धता जनाउनुभयो । सन् २०१५ को भूकम्प एक दर्दनाक दुर्घटना रहेको बताउँदै उहाँले भुकम्प जस्तो विपदा मानवको दृढता र निश्चयको परीक्षा लिने भन्दै त्यसलाई नेपाली जनताले साहसका साथ सामना गरेको समेत उहाँले स्मरण गर्नुभयो ।

नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देश बीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टीग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको बताउनु भयो । भारतीय प्रधानमन्त्री मोदीले चेक पोस्टको उद्घाट गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सम्बोधनको शूरुमा नै ‘तपाईलाई कस्तो छ’ भन्दै नेपाली भाषाबाट सम्बोधन शुरु गर्दै अंग्रेजी नयाँ वर्षको शुभकामना दिनुभयो ।

मोदीले दुबै देशमा गयको हप्ता सक्रान्ति पर्व दुबै देशमा हर्षोउल्लासका साथ मनाइएको उल्लेख गर्दै संक्रान्तिको शुभकामना समेत दिनुभयो । छिमेकी पहिलो भन्ने आफ्नो पुराने भनाइ दोहोर्याउनुभयो । उहाँले दुबै देशबीच कनेक्टिभिटीमा जोड दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले छिमेकी सबै देशबीच आवागमन सहज र सुचारु बनाउनुका साथै व्यापार शिक्षा सबै क्षेत्रमा सहज सम्पर्क बढाउन इच्छुक रहेको बताउनुभयो । उहाँले २०१५ को भूकम्पको स्मरण गर्दै भूकम्पका सहासका साथ नेपालीले समाना गरेको स्मरण गर्नुभयो । मोदीले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगको बताउनुभयो । ‘नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक हुनेछ,’ प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले नेपाल भारत सम्बन्धमा अभूतपूर्वक प्रगति भएको बताउँद भारतीय सहयोगमा भएका विकासका कामहरू तेज गतिमा अघि बढेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रम ओलीबाट नेपाल भ्रमणका लागि भएको निमन्त्रणा दिएकोमा खशी व्यक्त गर्दै भन्नुभयो, ‘म यो वर्षको कार्यक्रम बनाउँदै छु । पक्का पनि म तपाईंसँग केही समय बिताउने छु र नेपाली जनताको दर्शन गर्ने छु ।’