जनता टाइम्स

७ माघ २०७६, मंगलवार १७:३८

कांग्रेस नेता रायमाझीको सम्पत्ति छानविनको माग गर्दै अख्तियार र सम्पत्ती शुद्धीकरण विभागमामा उजुरी


काठमाडौं, माघ ७ । राष्ट्रियसभाका संसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै मंगलबार उजुरी दर्ता भएको छ । अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन गरी जफत गर्नुका साथै रायमाझीमाथि कार्वाही गरिपाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराउनु भएको हो ।

भोजपुरको सामान्य परिवारमा जन्मेका संसद रायमाझीले राजनीतिको आडमा करोडौ अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताउनुभयो । रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँ बढी तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिज दिन माग गर्नुभएको थियो ।

‘राज्यको इज्जत र प्रतिष्ठा माथिनै आँच पुग्ने गरी माथिल्लो सदनबाटै सरकारको खिल्ली उडाएर ५० करोड सम्पत्तिको धाक लगाउनु जायज होइन,’ क्षेत्रीले भन्नुभयो, ‘उनको सम्पत्ति छानविन गरी राज्यकरण गर्नु पर्छ । सांसद रायमाझीले प्रसस्त सम्पत्ति कमाएको कुरा यस अघि नेपाली सञ्चार माध्यममा बारबार सार्वजनिक भई सकेको छ । कांग्रेस निकट स्रोतका अनुसार रायमाझीले तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का जिवित छँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरि व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर अकुत सम्पत्ति आर्जन गर्नुभएको छ ।