जनता टाइम्स

८ माघ २०७६, बुधबार ०८:२६

मौसम देशभर कस्तो रहला दिनभर ?


 

काठमाडौं, माघ ८ ।  बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् । अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन । तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने उहाँले बताउनु भयो ।

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।