जनता टाइम्स

९ माघ २०७६, बिहीबार ०९:४३

पोखरामा पहिलो अन्तर्राष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार २०२० हुने


रमेश गिरी/काठमाडौं । नेपाल मार्शल आर्टस हाप्किडो संघ केन्द्रीय समितिको आयोजना आगामी माघ २०७६ माघ ११ र १२ गते पर्यटकीय नगर पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । दुई दिन सम्म संचालन हुने सो सेमिनारमा अमेरिका, अष्ट्रेलिया, रसिया, दक्षिण कोरिया, नेपाल लगायत विभिन्न राष्ट्रका प्रमुख ग्राण्ड माष्टर, मास्टर, अफिसियल तथा प्रशिक्षकहरुले नेपाली हाप्किडो खेलाडीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

पोखराको रंगशालाको कभर्डहलमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङका प्रमुख आतिथ्यमा हुने पहिलो अन्तर्राष्ट्रिय सेमिनारमा २० देखि २५ देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक तथा खेलाडीहरु लगायत विभिन्न क्षेत्रका ६ सय जनाको सहभागीतामा हुनेछ । नेपालको तर्फबाट संघका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक कालिबहादुर घर्तिमगर र आठौ साफका गोल्ड मेडलिस्ट प्रकाश थापा मगरले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

माघ ११ गते विहान ११ बजे भव्य स्थानीय झाँकी सहितको ¥यालीले नगर परिक्रमा पछि पोखरा रंगशालाको कभर्डहलमा सेमिनारको उद्घाटन हुने, मार्सल आर्टस सम्बन्धी विभिन्न आत्मरक्षाका विभिन्न डेमोहरु पनि प्रस्तुत हुने जानकारी संघ प्रशिक्षक एवं भक्तपुर मार्सल आटर््स हाप्किडो संघका अध्यक्ष पद्मा खयरगोलीले बताउनु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्ने उद्देश्य सहित यस नेपाल मार्शल आटर््स हाप्किडो संघले मार्शल आर्टस खेल जगतमा हाप्किडोले अन्तर्राष्टिय पहिचान, आत्मरक्षा, अनुशासन र खेलकुदलाई थप टेवा दिने लक्ष्य रहेको छ ।

सन् २०१७ र १८ मा विभिन्न प्रादेशिक प्रतियोगिता, जिल्लास्तरीय प्रतियोगिताहरु सम्पन्न गर्दै जाने क्रममा हालै मात्र रोल्पामा पहिलो राष्ट्रिय शहिद स्मृति प्रतियोगिता सम्पन्न भएको थियो । छोटो समयमै विभिन्न खेलकुद गतिविधीको साथै प्राविधिक प्रशिक्षक पनि तयार गर्दै नेपालको ४० वटा जिल्लामा नियमित हाप्किडो खेल सम्वन्धी प्रशिक्षण पनि हुंदै आइरहेको छ ।

यसै विच पहिलो अन्तराष्ट्रिय हाप्किडो सेमिनारलाई मध्यनजर राखि माघको पहिलो शनिबार र आइतबार पोखरामा ३५ जिल्लाका ६० जना प्रशिक्षकहरुको सहभागीतामा दोस्रो हाप्किडो रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सो सेमिनारमा भक्तपुर मार्सल आटर््स हाप्किडो संघबाट ६ जना प्रशिक्षक तथा खेलाडीको पनि सकृय सहभागी रहेको थियो ।