जनता टाइम्स

९ माघ २०७६, बिहीबार ०९:४८

भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कासिछ्वा


रमेश गिरी, भक्तपुर । बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले भक्तपुर सहित १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिलाई पूर्णता दिदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको बाग्मती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरि भक्तपुर समितिको सदस्यहरुमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केशरी प्रजापतिलाई नियुक्त गरेको उहाँले जानकारी दिनुभयो । सदस्य सचिव भण्डारीले काठमाडौमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानबिर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खडग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको जानकारी दिनुभयो ।

सामाजिक बिकाश मन्त्रालय, बागमती प्रदेश अन्तर्गत रहेको बागमती प्रदेश खेलकुद बिकास परिषद्को हिजो सम्पन्न बैठकले १३ वटै जिल्लाको खेलकुद विकास समितिलाई पूर्णता दिएको हो । त्यसैगरि बागमती प्रदेश अन्तर्गत रहेको बागमती प्रदेश खेलकुद बिकास परिषदले सातवटै प्रदेश र वागमति प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।

सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता वागमती प्रदेश राजधानी हेटौडामा र चितवनमा आयोजना गर्ने भएको राससलाई जानकारी दिनुभयो ।