जनता टाइम्स

९ माघ २०७६, बिहीबार १६:२४

सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ


काठमाडौं,  माघ ९ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।

जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराबाट सांसद मनाङ्गेलाई पक्राउ गरेको हो ।

उहाँलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर कार्कीले जानकारी दिनुभयो । एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको हो ।