जनता टाइम्स

१० माघ २०७६, शुक्रबार १२:०९

२५ पाइलटको राजिनामा होइन्, अर्लट नोटिस


काठमाडौ, माघ १०

नेपाल वायुसेवा निगमले स्वदेशी र विदेशी पाइलटलाई दिइरहेको सेवा सुविधाबीच असमानता भएको भन्दै २५ जना पाइलटले निगमको सञ्चालक समितिलाई सुधार्न गर्न दबाब दिएका छन् ।

समितिले तीन महीनाभित्र समानता व्यवस्थापन नगरेको अवस्थामा राजिनामा प्रक्रिया अगाडि बढाउने चेतावनी पनि उनिहरुले दिएका छन् । सेवा सुविधामा समानता नल्याए काम गर्न मनोबल घट्ने निगमका वरिष्ठ पाइलट आरके शेरचनले बताउनु भयो । ‘विदेशी पाइलट र हामीलाई दिइँदै आएको सेवासुविधा असमान छ । सुधार गरियोस् भनेर हामीले बोर्डमा अलर्ट नोटीस बुझाएका हौं,ु उहाले भन्नुभयो, ‘यसका लागि बोर्डलाई तीन महीनाको समय दिएका छौं । यो सुरूवाती अनुरोध हो ।’

उहाका अनुसार विदेशी पाइलटलाई दिइने पारिश्रमिकको करवापतको पैसा निगमले तिर्दै आएको छ भने स्वदेशी पाइलटले पारिश्रामिकको करवापतको पैसा आफैंले तिर्नुपर्ने प्रावधान छ । हाल निगमको न्यारोबडी र वाइडबडी जहाजमा कार्यरत विदेशी पाइलटले मासिक कररहित १० देखि १३ हजार डलर पारिश्रमिक पाइरहेका छन् भने नेपाली पाइलटले मासिक पाँच हजार डलरसम्म पारिश्रामिक पाउँदै आएका छन् । पाएको पारिश्रमिकमा ३६ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने प्रावधान रहेको छ ।