जनता टाइम्स

१० माघ २०७६, शुक्रबार १७:०५

देशको हित हुनेगरी एमसीसी अघि बढाउने नेकपा अध्यक्ष प्रचण्डको घोषणा


नवलपरासी, माघ १०

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सुरु गर्ने एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी अघि बढाइने बताउनु भएको छ । उहाले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने बताउनु भएको हो ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले संवाद अघि बढाउँदा केही परिमार्जन गर्नुपर्ने देखिए त्यसैबेला टुंगो लगाइने उल्लेख गर्नुभयो । पार्टी एकिकरणका मूलभूत काम सकिएको जानकारी दिँदै नेकपाका अध्यक्षसमेत रहनु भएका दाहालले पार्टीका केही नसकिएका प्रसंग र सामन्जस्यता चाँडो टुंगो लगाइने चरणमा काम भइरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभाको निर्वाचन परिणामले नेकपा देशकै ठूलो र शक्तिशाली पार्टी भएको उहाको भनाई छ । अध्यक्ष दाहालले शुक्रबार नै देवचुली नगरपालिकामा रहेको भिमसेन आर्दश माविको स्वर्ण जयन्ती स्तम्भको अनावरण गर्नुभएको थियो । त्यसअघि चितवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाले सभामुखका उम्मेदवार अग्नी सापकोटाविरुद्ध कुनै मुद्दा नरहेको स्पष्ट पार्नुभयो ।