जनता टाइम्स

१२ माघ २०७६, आईतवार ०७:०६

भेटिएनन् अन्नपूर्ण हिमपहिरोमा हराएका चार विदेशीसहित सातजना


काठमाडौं, माघ १२ । अन्नपूर्ण बेस क्याम्पमा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने अवस्था आएकाले स्थगन गरेको बताउनुभयो ।

घिमिरेका अनुसार ‘केही दिनदेखि उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको र हिउँ परिरहेकाले अहिले उद्धार गर्न नसकिने अवस्था रहेको छ ।

हराएका मानिस बच्ने सम्भावना नरहेको र हिउँ पग्लेपछि मात्रै शव भेटिने अवस्था रहेको महानिर्देशक घिमिरेले भन्नुभयो । तर, हिउँ पग्लिन अझै समय लाग्ने समेत उहाँको भनाइ थियो । गएको शुक्रबार हिमपहिरो जाँदा कोरियन र नेपाली समेत ७ जना सो क्षेत्रमा हराएका थिए ।