जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०८:२३

नेपालगन्ज उद्योग वाणिज्य संघमा नेकपा निकट चुन्ना बिजयी


बाँके, माघ १३ । नेपालगन्ज उद्योग वाणिज्य संघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपालगन्ज अब्दुल वाहिद मंसुरी (चुन्ना) निर्वाचित हुनुभएको छ । शनिवार राती घोषित परिणामअनुसार उद्योग वाणिज्य संघको अध्यक्ष पदमा चुन्ना विजयी हुुुनुु भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिको लागि शनिबार भएको निर्वाचनमा चुन्नाले कांग्रेस निकट ललित रौनियारलाई पछि पर्दै विजयी हुनुभएको हो ।

रौनियारलाई चुन्राले २ सय ७७ मत अन्तरले पछि पार्नुभएको हो ।  यस्तै उपाध्यक्षमा अमितकुमार बस्नेत (बाणिज्य) र आदेशकुमार अग्रवाल ( उद्योग) बिजयी हुनुभएको छ । निर्वाचनमा विजयी हुनेमा पनि चुन्ना समूहको अग्रता रहेको छ ।