काठमाडौं, माघ १४
प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको छ । यो अधिवेशनमा दैनिक जसो नौला र आश्चर्य लाग्ने घटनाहरु घटिरहेका छन् । यसैक्रममा मंगलबारको बैठकमा निक्कै आश्चर्य लाग्ने र हासो भरिएको विषयले प्रवेश पायो ।
मंगलबारको संसद बैठक सभामुखमा निर्वाचित हुनु भएका अग्नी सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यसूचि थियो । कार्यसूचि अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुमा शुभकामना दिनुभयो । शुभकामना दिने क्रममा उहाले देशका केही विषय समेत उठाउनु भयो । प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा विपक्षी दलका नेता शेरबहादुर देउवापनि बैठकमा हुनुहुन्थ्यो ।
सम्वोधनकै क्रममा प्रधानमन्त्री ओलीले प्राकृतिक धक्काका विषयमा कुरा गर्नुभयो । उहाले पर्यटन वर्ष मनाउन शुरु गर्दै गर्दा केही धक्काका संकेतहरु प्रकृतिक हिसाबले देखा परेको बताउनु भयो । तर, देउवाले सो धक्काको विषय बुझ्नु भएन । उहाले धक्का रे कस्तो धक्का प्रधानमन्त्रीले हामीलाई बताउनु पर्यो भन्दै जंगिनु भयो ।
प्रधानमन्त्रीले यस्तो भन्नुभयो –
हामी भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । यो नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्रकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक समाना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।
देउवाले नबुझेपछि यस्तो भनाई राख्नुभयो –
प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । धक्का आउँदैछ रे ! के धक्का हो यो ? कहाँबाट आउँदैछ ? धक्का भन्ने सुनेँ मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिने बाला छ, हामीले पनि थाहा पाउनु पर्यो । नेपालमा धक्का दिने को छ, थाहा पाउनुपर्यो । सहयोग गर्न तयार छौं । कसले धक्का दिनसक्छ रु हामी पनि हेरौं । तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्