जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १८:१३

कोरियन भाषा परीक्षा पास गरेका ५९ जनाबिरुद्ध अनुसन्धान सुरु


काठमाडौं, माघ १४ । कोरिया भाषा परीक्षा पास गरेका ५९ जना परीक्षार्थीबिरुद्ध अनुसन्धान गर्न वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ ।

नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले ती परीक्षार्थीमाथि छानबिन गर्न आग्रह गरेको हो। विभागले ईपीएस परीक्षा उत्तिर्ण ५९ जनाको पासपोर्ट महाशाखालाई छानबिनका लागि पत्रचार गरेको हो। महानगरीय अपराध महाशाखाले परीक्षा सञ्चालनकै क्रममा १० जनालाई पक्राउ गरेको थियो। उतिर्ण गरेका ५९ जना पनि नक्कली परीक्षार्थीमार्फत परीक्षा दिएको हुनसक्ने आशंकामा छानविन अघि बढाइएको हो ।