काठमाडौँ, माघ १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटिको दोस्रो बैठक शुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभामा बैठक शुरु भएको हो । बैठकलाई अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एंव विधान संशोधनको प्रस्ताव पेश गर्नुहुनेछ ।
बैठक व्यवस्थित बनाउन ९ बुँदे कार्यविधि तय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सचिवालय बैठकले बनाएको कार्यविधि केन्द्रीय कमिटिले अनुमोदन गर्ने बताइएको छ । प्रस्तावहरुमाथि माघ १६ गतेमात्र समुहगत रुपमा छलफल चलाइनेछ । त्यसैगरी माघ १७ र १८ गते समुह नेताहरुले आ–आफ्नो समुहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ । त्यसो गर्दा केन्द्रीय निकायका अध्यक्षहरुले १० मिनेटमा आफ्नो विचार राखिसक्नुपर्नेछ ।
समुहगत रुपमा छलफलमा उठेका विषयहरुलाई माघ १९ गते निश्कर्षसहित प्रस्तुत गर्ने र दस्तावेजहरु पारित गर्ने कार्यविधिमा छ । त्यस्तै स्थायी कमिटी, सचिवालय र समसामयीक प्रस्तावहरुमा सोही दिन छलफल गरेर पारित गर्ने गरी कार्यविधि बनेको छ । त्यस्तै बैठकको समग्र कार्यवाहीको अडियो र भिडियो रेकर्ड गरिने छ । बैठक हरेक दिन बिहान ११ बजे सुरु भएर ५ बजे सकिनेछ । तर माघ १७ गतेको बैठक भने दिउँसो १ बजेमात्रै सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्