जनता टाइम्स

१६ माघ २०७६, बिहीबार ०७:२३

प्रेस स्वतन्त्रता सेनानी चाचाजी को निधन


बाँके, माघ १६ ।  प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्ता चाचाजीको बुधबार राति निधन भएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत रहनु भएका चाचाजीको ९२ वर्षको उमेरमा निधन भएको हो ।

किरण साप्ताहिकका सम्पादकको रुपमा चाचाजी जीवनको उत्तरार्धमा पनि साइकल चलाएर युवा पुस्तासँगै समाचार सङ्कलनमा खट्ने गर्नु भएको थियो ।

लामो समयदेखि थलिनु भएका चाचाजीलाई थप समस्या आएपछि अस्पताल पुर्‍याइएकोमा निधन भएको हो ।