जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १२:०७

चार वर्षको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाधिएर क्रिकेटर सोमपाल


काठमाडौं, माघ १६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षको प्रेम सम्वन्धलाई सोमपालले विवाह बन्धनमा बाधेका हुन् ।

क्रिकेटर सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । पाँच वर्षअगाडि धनगढीस्थित प्रतिभाकै घरमा उनीहरुको पहिलो भेट भएको थियो । भेटको एक वर्षपछि प्रतिभालाई सोमपालले प्रेम प्रस्ताव राखेका थिए । प्रतिभाले सो प्रस्ताव दुई साता कुराएर स्वीकारेपछि उनीहरु सम्बन्धमा रहेका हुन् ।

क्रिकेटर पारस खड्का लगायत खेलाडी र शुभचिन्तकले सामाजिक सञ्जाल ट्विटरमार्फत सोमपाल र प्रतिभालाई बधाई दिएका छन् । तीव्र गतिको बलरका रूपमा परिचित सोमपाल ब्याटिङको भूमिकामा पनि देखिने गरेका छन् ।