जनता टाइम्स

१६ माघ २०७६, बिहीबार २०:१५

प्रधानमन्त्री ओलीले दिनुभयो कतारी प्रधानमन्त्रीलाई बधाई


काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई आज एक बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गर्नुभएको छ ।