काठमाडौं, माघ १७ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ ।
यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ । अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेकोले पूर्वमा बादल तथा कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ । शनिबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। शनिबार राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।आइतबार भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्