काठमाडौ,माघ । बुधवारबाट जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समुहगत छलफल सुरु भएको छ । बिहिवार समूहगत छलफलपछि शुक्रवार दिउँसो १ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको छ ।
केन्द्रीय सदस्यहरु धेरै भएपछि नेकपाले प्रतिवेदनहरुमाथि समुहमा छलफल चलाएको हो । बैठकको दोस्रो दिन १५ समूहले राजनीतिक प्रतिवेदनमा छलफल गरेका हुन् । टोली नम्बर १ देखि ८ सम्मका समूह टोलीले राष्ट्रियसभा गृहमा छलफलमा सहभागी भएका हुन् भने ९ देखि ११ नम्बर समूह तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका हुन् । प्रतिवेदनमाथि छलफल सुरु गर्नुअघि टोली नेता चयन गरिएको हो ।
को नेता कति नम्बरको टोली नेता
१ नम्बर टोली नेता : उर्मिला अर्याल र आनन्द पोखरेल
२ नम्बरको टोली नेता : कमला रोका
३ नम्बर टोलीको नेताः खिमलाल भट्टराई
४ नम्बर टोलीको नेताः जगन्नाथ खतिवडा
५ नम्बर टोलीको नेता ठाकुर गैरे
६ नम्बर टोलीको नेता : दिनानाथ शर्मा
७ नम्बर टोलीको नेताः पूर्णकुमारी सुवेदी
८ नम्बर टोलीको नेताः बिन्दा पाण्डे
९ नम्बर टोलीको नेताः भगवती चौधरी
१० नम्बर टोलीको नेता : युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी
११ नम्बर टोलीको नेताः राजेन्द्र राई
१२ नम्बर टोलीको नेताः रेणु दाहाल
१३ नम्बर टोलीको नेता : लेखनाथ न्यौपाने
१४ नम्बर टोलीको नेता : राम कार्की
१५ नम्बर टोलीको नेताः हिमाल शर्मा
प्रतिक्रिया दिनुहोस्