जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १३:३३

एसएसपी राणा निलम्वित, यस्तो छ कारण


काठमाडौं, माघ १७ । नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ राणा निलम्बित भएका छन । गृह मन्त्रालयले एसएसपी राणालाई आज निलम्बन गरेको हो ।

यौन शोषणको अभियोग लागेपछि उनलाई निलम्बन गरिएकोगृह मन्त्रालयले जनाएको छ । एसपी हुँदादेखि नै एक महिलालाई पटक–पटक यौन शोषण गरेको उजुरीको छानविनपछि निलम्बन गरिएको हो । ती पीडित महिलाले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा उजुरी दिएपनि राणामाथि लामो समयसम्म अनुसन्धान अघि बढेको थिएन । गृहले छानबिनका लागि सजिलो बनाउन राणालाई निलम्बन गरिएको जनाएको छ ।

बहालमा राखेरै अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने भएपछि उनलाई निलम्बनमा राखिएको हो । संघीय प्रहरी इकाई धरानका प्रमुखका रुपमा राणा कार्यरत थिए । धरानकै महिलालाई उनले यौन शोसन गरेको अभियोग लागेको छ ।