जनता टाइम्स

१८ माघ २०७६, शनिबार ०९:५३

कमलामाईमा मोटरसाइकल पल्टिदा दुई जनाको मृत्यु


सिन्धुली, माघ १८

सिन्धुलीमा आज विहान मोटरसाईकल पल्टिंदा दुई जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नम्बर ७ माझिटारमा प्रदेश २–०२–००१ प २५१० नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

ज्यान गुमाउनेहरुमा धनुषा छिरेश्वर नगपालिका ६ का मोटरसाईकल चालक सुनिलकुमार राय राजपुत र मोटरसाईकलमा पछाडि बसेका छिरेश्वरकै कृष्णकुमार गुप्ता रहेका छन् । मोटरसाइकल तीव्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।