जनता टाइम्स

१८ माघ २०७६, शनिबार १९:२२

सरकारी निवासबाटै समातिए एसएसपी राणा


धरान, माघ १८ । संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा सरकारी निवासबाटै पक्राउ परेका छन । यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणालाई सुनसरी प्रहरीले आज निवासबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीमा बिहीबार अबेर परेको किटानी जाहेरीपछि राणालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । हिजो नै पक्राउ गर्ने बताइए पनि राणालाई आज मात्रै धरानमा रहेको संघीय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको हो । एसएसपी राणा पक्राउबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले नेतृत्वको टोलीले एसएसपी राणालाई पक्राउ गरेको स्रोतको भनाइ छ ।

राणामाथि यौन दुब्र्यवहारको आरोपमा अनुसन्धान हुनेछ । एसएसपी राणालाई झापाकी एक युवतीले आफुलाई लामो समयदेखि यौन दुब्र्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएकी थिइन् । गृह मन्त्रालयले राणालाई निलम्बन गरेपछि ती महिलाले सुनसरी प्रहरीमा निवेदन दिएकी हुन । सोही निवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।