सुनसरी, माघ १९ । सुनसरीस्थित तित्रीवनामा भएको सवारी दुर्घटनामा चार जनाको मुत्यु भएको छ । इटहरीबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आज बिहान एकआपसमा ठोक्किदा चार जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी झापा भद्रपुर घर भएर काठमाडौं बस्दै आएका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, माइक्रो चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का र भक्तपुरकी गरिमा गौतमको मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार ज्यान गुमाउने सबै माइक्रोमा सवार यात्रु रहेका छन । दुर्घटनामा घाइते भएका ६ जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्