जनता टाइम्स

१९ माघ २०७६, आईतवार १६:२७

०७७ चैत्रमा महाधिवेशन गर्ने नेकपाको निर्णय


काठमाडौं, माघ १९

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन ०७७ चैत्रमा हुने भएको छ । केन्द्रीय कमिटिले अध्यक्षद्वयले प्रस्तुत गरेको महाधिवेशन मिति सर्वसम्मतले पारित गरेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन तोकिएकै समय २०७७ चैत २५ गतेदेखी ३० गतेसम्म गर्ने निर्णय पनि बैठकबाट भएको नेताहरुले जानकारी दिएका छन् ।