जनता टाइम्स

१९ माघ २०७६, आईतवार १६:३१

बामदेव गौतम अब नेकपाको उपाध्यक्ष


काठमाडौं, माघ १९

नेकपा सचिवालय सदस्य वामदेव गौतम केन्द्रीय उपाध्यक्षमा चयन हुनु भएको छ । केन्द्रीय कमिटि बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बन्नु भएको हो ।

उहा तत्कालिन नेकपा एमालेको पनि उपाध्यक्ष हुनुहुन्थ्यो । गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो ।