जनता टाइम्स

२० माघ २०७६, सोमबार १२:१७

घुस लिने काठमाडौं यातायातका अधिकृत र दिने सेवाग्राही अख्तियारको नियन्त्रणमा


काठमाडौं, माघ २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब घुस दिनेलाई समेत पक्राउ गर्न थालेको छ । अहिलेसम्म घुस रकम लिनेलाई मात्र नियन्त्रणमा लिईरहेको अख्तियारले घुस दिने सेवाग्राहीलाई पनि पक्राउ गर्न थालेको हो ।

काठमाडौं यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेललाई १३ हजार घुसको रकमसहित पक्राउ गरेको छ । सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घुसको १३,००० दिएको र लिएको अवस्थामा अख्तियारले उक्त रकमसहित कार्यालय परिसरबाट दुबै जनालाई आइतबार नियन्त्रणमा लिएको प्रवक्ता दीपक कोइरालाले जानकारी दिनुभयो ।